नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले २०७८ असार मसान्तसम्ममा जारी भएका नाफामा सरिक हुने बीमालेखहरूमा कायम हुने गरी बोनसदर निर्धारण गरेको हो । कम्पनीकाअनुसार बीमितले बीमा योजना र बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ५६ रूपैयाँ र अधिकतम ८२ रूपैयाँसम्म बोनसदर पाउनेछन् ।
कम्पनीले सावधिक जीवन बीमा योजनाहरु सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु, केटाकेटी, बाल, शिक्षा योजना, जीवनलक्ष्मी अन्तर्गत १० वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ बोनस दिएको छ । ११ वर्षदेखि १५ वर्ष अवधिका लागि ६० रुपैयाँ र १६ देखि २० वर्षका लागि पनि ६० रुपैयाँ छ । २१ देखि २५ वर्ष अवधिका लागि ७० रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको लागि ८२ रुपैयाँ बोनस दर तोकिएको छ । त्यस्तै, सावधिक जीवन बीमालेख (नौलो सुरक्षित जीवन बीमा योजनामा) १० वर्ष अवधिका लागि ६५ रुपैयाँ बोनस दर छ । ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि ६५÷६५ रुपैयाँ बोनस दिएको छ । २१ देखि २५ वर्ष अवधिका लागि ७२ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिका लागि ८२ रुपैयाँ बीमितले पाउने भएका छन्। ३० वर्षभन्दा बढी अवधिका लागि पनि ८२ रुपैयाँ बोनस दर छ । त्यसैगरी, सावधिक तथा आजीवन बीमालेख (जीवन सहारा) योजनामा १० वर्ष अवधिका लागि ६० रुपैयाँ, १० देखि १५ वर्ष अवधि र १६ देखि २० वर्ष अवधिका लागि ६० रुपैयाँको दरले बोनस दर तोकेको छ । २१ देखि २५ वर्ष अवधिका लागि ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्ष अवधि र ३० वर्ष भन्दा माथिको अवधिका लागि ८२ रुपैयाँ बोनस कायम गरेको छ । अग्रिम भुक्तानी सावधिक बीमालेख जीवन समृद्धि अन्तर्गत १५ वर्ष अवधिको लागि ५६ रुपैयाँ २० वर्षका लागि ५८ रुपैयाँ बोनस दिएको छ ।
अग्रिम भुक्तानी सावधिक बीमालेख (धन वर्षा १५, धन वर्षा २० वर्ष, नौलो जीवन सम्बृद्धि ,नौलो धन वर्षा, जीवन उन्नति जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन) मा बोनस दर १० वर्ष अवधिको लागि ६० रुपैयाँ छ । ११ वर्षदेखि ३० वर्ष भन्दा माथिको अवधिका लागि ६० रुपैयाँ बोनस दर तोकेको छ । अन्य जीवन सारथी योजनाअन्तर्गत १० वर्षदेखि २० वर्ष अवधिका लागि ६० रुपैयाँ बोनस कायम गरेको छ । २१ वर्षदेखि २५ वर्ष अवधिका लागि ७० रुपैयाँ, २६ देखि ३० भन्दा माथिको अवधिका लागि ८२ रुपैयाँ बोनस निर्धारण गरेको कम्पनीले जनाएको छ। त्यसैगरी, कम्पनीले आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनस दर हाल तोकिएको नै कायम हुने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *