माछापुच्छ्रे बैंकका ग्राहकले टिभी र इन्टरनेट प्याकेज इएमआइमा पाउने


काठमाडौं । माछापुच्छ्रे बैंक, एनआइटिभी स्ट्रिम्ज प्राइभेट लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसनबीच त्रिपक्षिय सम्झौता भएको छ । बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई इएमआइ सुविधामा टिभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा त्रिपक्षिय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा एनआइटिभी स्ट्रिम्ज र वल्र्डलिंक कम्युनिकेसनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा बैेंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता बमोजिम बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको इन्स्टापे सुविधा मार्फत टिभी तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज इएमआइमा लिन सकिने छ । एनआइटिभी स्ट्रिम्ज र वल्र्डलिंकले संचालन गरेको फेस्टिभिटिवाइ अफरमा ग्राहकले करिब ५६ प्रतिशत सम्मको छुट पाउन सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टापेबाट उपभोग गर्न सक्नेछन् । यस बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *