एभरेष्ट बैंक २८ औं वर्षमा


काठमाडौं । एभरेष्ट बैंकले विभिन्न कार्यक्रम गरी आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा नेपाल नेत्र ज्योती संघलाई डा.रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँच्ने मेशिन खरिद गर्नका लागि ४ लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले ललितपुरको टौखेलमा सोलार यात्रु प्रतिक्षालय निमार्ण गर्नका लागि गोदावरी नगरपालिका वडा नं ३ सँग सम्झौता गरेको छ । साथै, बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीहरुलाई वार्षिकोत्सवको अवसरमा सम्मान समेत गरेको छ ।
बैंकले आफ्नो १२० शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट मोबाइल, इन्टरनेट र एसमएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *