नेपाल लाईफको साधारणसभा मंसिर ८ गते


काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । कम्पनीको कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारणसभा मंसिर ८ गते, होटल भिष्वा बिरगंजमा बिहान ९ बजे बोलाएको हो ।
इन्स्योरेन्स कम्पनीको सभाले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७६.७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६.७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७७.७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।
इन्स्योरेन्स कम्पनीले लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ कार्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कार्तिक १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *