सन्दीप लामिछाने काठमाडौं जिल्ला अदालतबाट साधारण तारीकमा छुट्ने !
काठमाडौँ । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंबाट भोलि नै छानविनको आदेश आउने सम्भावना देखिएको काठमाडौं सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि नेउपानेले जानकारी दिएका छन् । एकदम भरपर्दाे सुत्रका अनुसार लामिछाने छुट्ने जनाएको छ । उनि असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए ।
आज (बिहीबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस भएपछि हेर्दाहेर्दैमा राखिएको हो । आरोपित लामिछानेको तर्फबाट मात्रै ८ जना वकिलहरूले बहस गरेका थिए । चार जना वरिष्ठ अधिवक्ता र चार जना अधिवक्ताले बहस गरेका थिए । प्रतिवादी सन्दीपको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, सबिता भण्डारी बराल, लवकुमार मैनाली र रमणकुमार श्रेष्ठ छन् । अधिवक्ता सुवास पाठक, सुधा रिजाल, प्रवीण सुवेदी र अनुराग सुवेदीले आदिले बहस गरेका थिए ।
पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका छन् । चार जना सरकारी वकिल र तीन जना अन्य वकिलहरूले बहस गरेका थिए । सरकारी वकिलहरू लक्ष्मण उपाध्याय घिमिरे, कृष्णा भण्डारी, सुरूबहादुर परियार र महेश खत्रीले बहस गरेका थिए । पीडितको पक्षबाट वरिष्ठ अधिवक्ता शशि अधिकारी, अधिवक्ता सुनिता रेग्मी र शान्ति काफ्लेले बहस गरेका थिए । त्यसपछि अधिवक्ता मुरारी सापकोटा र रोशनी घिमिरेले सन्दीपको पक्षमा बहस गरेका थिए । इजलाशले भोली (शुक्रबार) जवाफी बहस गर्न सरकारी वकिललाई साढे १० बजे बोलाएको छ ।
‘आज प्रतिवादीको पक्षका वकिलहरूले बहस गरेका थिए । सरकारी वकिललाई भोलि साढे १० बजेका लागि बोलाएको छ,’ उनले भने, ‘जवाफी बहस सकेपछि भोलि दिउँसोसम्म आदेश आउने सम्भावना छ ।’ सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो । प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो । सन्दीपविरूद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।
२४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो । प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो । त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ । उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलत्कारको मुद्दा परेको थियो । बलात्कार आरोपित लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई क्रिकेट संघले क्यानबाट निलम्बन पनि गरेको थियो ।