साउदी अरबबाट रेमिट्यान्स पठाउने रायमाझीले जिते ५ तोला सुन


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गतको ५ तोला सुन विजेता घोषणा गरेको छ । कम्पनीले विधृतिय प्रणालीद्वारा गरेको विजेता छनोटमा साउदी अरबबाट रेमिट्यान्स पठाउने जिवन रायमाझीले ५ तोला सुन जित्ने विजेता घोषित भएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते ६३ दिनसम्म चल्ने ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत एक हजार ८ जनाले दैनिक उपहार आकर्षक गिफ्ट ह्याम्पर , ९ जनाले साप्ताहिक उपहार १०।१० तोला चाँंदी र २ जनाले मासिक उपहार १।१ तोला सुन जितिसकेका छन् ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *