डडेल्धुरामा प्रधानमन्त्री देउवाको २३९, सागर ढकाल तेस्रो ९७ मत

काठमाडौँ । डडेल्धुरामा पनि प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । ५ सय मतगणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा अगाडि छन् ।

एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँ पटक उम्मेदवार छन् ।

सुरुवाति परिणामअनुसार देउवाले २३९ मत पाउँदा नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले १४१ मत पाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *