काठमाडौँ–९ मा एमाले कृष्णगोपाल श्रेष्ठ विजयी
काठमाडौँ । नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले एघार हजार नौ सय ५६ मत प्राप्त गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा विजय हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई नौ सय ९५ मतले पछि पार्दै विजयी प्राप्त गर्नुभयो ।
पोखरेल भने दश हजार नौ सय ६१ मत प्राप्त गर्नुभएको छ । उक्त निर्वाचन क्षेत्रमा ४४ हजार तीन सय ७९ मत खसेको थियो । मत गणनामा सुरुदेखि नै श्रेष्ठले अग्रता लिनुभएको थियो । उक्त क्षेत्रबाट नेकपा ९माओवादी केन्द्र०का कल्पना धमलाले भने ६ हजार चार सय दुई मत प्राप्त गर्नुभयो ।
उक्त क्षेत्रमा एक हजार आठ सय ६२ मत बदर भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा १२ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार तथा उम्मेदवारमध्ये १७ पुरुष र पाँच जना महिला हुनुहुन्थ्यो । त्यस क्षेत्रमा मतदाता सङ्ख्या ७२ हजार एक सय ७३ हुनुहुन्थ्यो ।