दैलेख–१ (१)मा कांग्रेसका खत्री विजयी

काठमाडौँ । दैलेख क्षेत्र नं १ (१) प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी हुनुभएको छ । खत्री विजयी भएपछि कर्णालीमा कांग्रेसले आफ्नो खाता खोलेको छ ।

खत्रीले खसेको १९ हजार नौ सय ९८ मतमध्ये नौ हजार चार सय ६४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले नेकपा (एमाले)का धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पछि पार्दै विजय हासिल गर्नुभयो । रेग्मीले आठ हजार ७२ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै राप्रपाका उम्मेदवार हृदयराज शाहीले एक हजार ७९, नेमकिपाका जगतबहादुर वलीले पाँच सय १५ र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले एक सय ९८ मत ल्याउनुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखका अनुसार छ सय ७० मत बदर भएको छ । ३५ हजार चार सय ९९ मतदाता भएको उक्त क्षेत्रमा १९ हजार नौ सय ९८ मत खसेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *