गरिमा विकास बैंक १६ औं बर्षमा
गरिमा विकास बैंक आफ्नो स्थापनाकालको १५ औं बर्ष पूरा गरि १६ औं बर्षमा प्रवेश गरेको छ । यस गरिमामय यात्रामा निरन्तर साथ दिनुहुने हाम्रा सेवाग्राही, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु,कर्मचारी तथा शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । हाल बैंकले ७२ अर्ब निक्षेप संकलन गरेको छ भने ६३ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ७ लाख ग्राहकलाई सेवा पु¥याईरहेको बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर सन्तोषजनक तथ्य प्रस्तुत गरिरहेको छ ।
बैंकले वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमलाई बैंकले विगत वर्षहरुमा समेत महत्वका साथ निरन्तरता दिदै आएको छ । यसै अवसरमा बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट एवं कोहलपुर , बेनि , बुटवल, वालिङ, पोखरा , नारायणगढ, मलंगवा र चन्द्रगढीमा रहेका यस बैंकका कलष्टर तथा शाखा कार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आयोजना गरेको यस रक्तदान कार्यक्रमहरुमा जम्मा ६१३ युनिट रगत संकलन भएको छ । साथैं सो अवसर पारेर क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको छ ।