आईएमईको दसैँ–तिहार अफरका बम्पर विजेता मेखलाल तामाङले पाए १० लाख


काठमाण्डौं । आईएमईले दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक योजनामा मेखलाल तामाङ विजेता बन्न सफल भएका छन् । मलेसियाबाट आईएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङले नगद १० लाख उपहारस्वरुप प्राप्त गरेका छन् । काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमकाबीच आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आईएमईका ब्रान्ड एम्बासडर दीपकराज गिरीले संयुक्त रूपमा लक्की ड्रमार्फत उक्त योजनाको बम्पर विजेता छनोट गरी नतिजा सार्वजनिक गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले आईएमईले समयसमयमा ल्याउँदै आएको सेवाग्राहीमुखि अफरले नेपालमा रेमिट्यान्स आप्रवाह बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । आईएमई सबैको माया र विश्वास प्राप्त ब्रान्ड भएको उल्लेख गर्दै पौडेलले यो ब्रान्ड सबैसँग जोडियोस् र सबैमा अपनत्व कायम होस् भन्ने सोचेर कम्पनीलाई पब्लिकमा लैजाने प्रक्रिया सुरु भएको जानकारी गराए । कार्यक्रमलाई सम्बोधन गर्दै आईएमईका ब्रान्ड एम्बासडर एवम् बरिष्ठ कलाकार दीपकराज गिरीले नेपालका खासखास अप्ठ्याराहरूमा रेमिटेन्सले अर्थतन्त्र चलायमान गराएको स्मरण गरे । ग्रुपका प्रवक्ता राजु पौडेलले अफरको विषयमा चर्चा गर्दै बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स आप्रवाह बढाउन यस्ता अफर अत्यन्तै प्रभावकारी रहेको बताए ।
यस वर्षका पर्वहरूका अवसरमा आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमाु नामक अफर ल्याइएको थियो । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कात्तिक १६ ९तदनुसार सेप्टेम्बर १ – नेभेम्बर २, २०२२० सम्म कुल ९ हप्ता अर्थात् ६३ दिनसम्म सञ्चालनमा ल्याइएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *