अब अनलाइनबाटै फौजदारी मुद्दाको अभियोगपत्र दिन सकिने

काठमाडौं । फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै दिन सकिने भएको छ ।

 जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबारबाट फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमार्फत दिन सकिने गरी सुरु गरेको काठमाडौं जिल्ला अदालत बार एशोसिएशन अध्यक्ष रामचन्द्र पौडेल (आर.सी बिमल)ले जानकारी दिए । 

यसबारे अध्यक्ष पौडेलले जारी गरेको विज्ञप्ति:

काठमाडौं जिल्ला अदालत बार एशोसिएशनको निरन्तर अगुवाई एवम् पहलमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमा अपलोड गर्ने कार्यको आजबाट सुभारम्भ गरेको छ । 

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा काठमाडौं जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष रामचन्द्र पौडेल (आर.सी. बिमल) उपाध्यक्ष पुरूषोत्तम अधिकारी, सचिव उज्जलराम श्रेष्ठ, सहसचिव अन्जु रेग्मी अर्याल, कोषाध्यक्ष सन्तोष भण्डारी, सदस्यहरू भीष्म निरौला, सूर्यबहादुर दौल्याल, चेतनाथ तिमल्सिना (चेतन), हरिओम लामिछाने, जीवन न्यौपाने, प्रविण हुमागाईँ, जिल्ला न्यायाधिवक्ता एवं प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरे, काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनी सहितको उपस्थितिमा उक्त सेवाको जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख एवम् सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले सुभारम्भ गर] । उक्त सेवा मा गई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा अभियोगपत्र शिर्षकमा गई उक्त सेवा प्राप्त गर्न सकिने व्यहोरा सम्पूर्ण कानून व्यवसायी एवम् सबै सरोकारवालाहरूमा जानकारी गराउँदछौं ।

रामचन्द्र पौडेल (आर.सी बिमल)
अध्यक्ष
काठमाडौं जिल्ला अदालत बार एशोसिएशन
बबरमहल, काठमाडौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *