इस्लिङ्टन कलेजका ९२९ जना विद्यार्थी दीक्षित


काठमाडौं । काठमाडौंको कमलपोखरी स्थित इस्लिङटन कलेजले स्नातक तह उत्तीर्ण गरेका ९२९ जना विद्यार्थीलाई दीक्षित गरेको छ । कलेका अनुसार स्नातकोत्तर तह अन्तर्गत एमएस्सी आईटी र एप्लाईड सेक्युरिटी उत्तीर्ण गरेका ७२, बिजनेसका ९४ र आईटीका ८३५ जना विद्यार्थी गरी कुल ९२९ विद्यार्थी दीक्षित भएका छन् ।बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ । दीक्षान्त समारोहमा विश्वविद्यालयका उपकुलपति एकेडेमिक प्रोफेसर जुली हलले विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको कलेजले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *