राप्रपाका पशुपति शमशेरले खुवाउने छन् सांसदलाई शपथ


काठमाडौं । ४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने भएका छन् । प्रत्यक्ष निर्वाचित १६५ र दलहरुले समानुपातिक पद्धतिबाट निर्वाचित गर्न निर्वाचन आयोगका नाम बुझाएका ११० जनामध्ये ज्येष्ठ सदस्य उनै जबरा हुन् ।यद्यपि, निर्वाचन आयोगले निर्वाचित सदस्यहरुको उमेर हेरेर ज्येष्ठ सदस्य तय गर्न बाँकी छ । सार्वजनिक विवरण अनुसार २७५ सदस्यमध्ये ज्येष्ठ सदस्यका रुपमा जबरा देखिएका हुन् । उनी ८१ वर्षका भए । जबराको जन्म वि. सं १९९८ वैशाख २५ गते सन् ७ मे १९४१ काठमाडौंको महाराजगंजमा जन्मिएका थिए । निर्वाचन आयोगमा उम्मेदवारले पठाएको व्यक्तिगत विवरण अनुसार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि ८१ वर्ष पुगेका छन् । उनको जन्ममिति वि सं. १९९८ माघ २० गते रहेको आयोगको विवरणमा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *