लुम्बिनी विकासको २ नयाँ शाखा साथै १ एक्स्टेन्सन काउण्टर


काठमाडौं । लुम्बिनी विकास बैंकले थप दुई वटा शाखा कार्यालयहरु तथा एउटा एक्सटेन्सन् काउण्टरको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८७औँ शाखाको रुपमा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका इमाडोल शाखा, ८८औँ शाखाको रुपमा भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका कमलबिनायक शाखा र एक्सटेन्सन् काउण्टरको रुपमा ललितपुर जिल्ला गोदावरी नगरपालिका स्थित लेले एक्सटेन्सन् काउण्टर रहेको छ । बैंकको इमाडोल शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविणकृष्ण श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोबिन्द श्रेष्ठले संयुक्त रुपमा गरे । त्यसैगरी कमलबिनायक शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले संयुक्त रुपमा गरे । साथै, लेले एक्सटेन्सन् काउण्टरको उद्घाटन विकास बैंकका सञ्चालक प्रताप कुमार आचार्य र गोदावरी नगरपालिका अध्यक्ष मिलन सिलवालले संयुक्त रुपमा गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *