यूनाइटेड इन्स्योरेन्सले डाक्यो साधारणसभा


काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले २९ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिले पुस २७ गते काठमाडौंको शंखमुल स्थित अनमोल ब्याङ्गकेटमा ११ बजे वार्षिक साधारणसभा बोलाएको हो । संचालक समितिको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, आर्थिक वर्ष २०७९।८० को लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत अर्थात् ५ करोड १४ लाख ८ हजार रुपैयाँ बोनस सेयर र ०.२६३२ प्रतिशत अर्थात् २७ लाख ५ हजार ६८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव र प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम संचालक समितिको गठन गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्नेछ । कम्पनीले साधारणसभा तथा लाभांस वितरण प्रयोजनार्थ पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीले लाभांस र सभामा भाग लिन पाउने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *