चीनमा कोभिड कहर : ८० करोडमा संक्रमण हुनसक्ने, भारतमा चिन्ता बढ्यो
नयाँदिल्ली । चीनमा अहिलेसम्मकै सबैभन्दा ठूलो कोभिड-१९ को लहर आएको छ । अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा कोभिडको संक्रमणको दर बढिरहेको छ ।
चीनमा अहिले कोरोनाको संक्रमण दर तीव्र गतिमा बढिरहेको बीबीसीले समाचारमा जनाएको छ । आउने केही महिनामै चीनमा कोभिड-१९ बाट ८० करोड मानिस संक्रमित हुने त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
एनपीआरको रिपोर्टले भन्छ- चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख हुन सक्छ । यद्यपि चीनको अहिलेको आधिकारिक आँकडा यो संख्याभन्दा निकै कम छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार मंगलबार मात्र कोभिड-१९ को संक्रमणबाट पाँचजना र सोमबार दुईजनाको मृत्यु भएको थियो ।
चीनले जसरी कोभिड-१९ बाट मृत्यु हुनेहरुको तथ्यांक राखिरहेको छ यो विश्व स्वास्थ्य संगठनको मानकविपरीत छ । चीनले श्वासको रोगबाट मृत्यु हुनेलाई समेत कोभिड-१९ बाट मृत्यु भएको भनेर सार्वजनिक गरिरहेको छ ।
चीनका साथै जापान, दक्षिण कोरियामा पनि कोभिड-१० संक्रमण तीव्र रुपमा बढिरहेको छ ।