यती डिस्टिलरीको ओल्ड दरबार १२ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की 


काठमाण्डौं । यती डिस्टिलरीले ओल्ड दरबार १२ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की सार्वजनिक गरेको छ। ओल्ड दरबार १२ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की सिंगल माल्ट र सिंगल ग्रेन ह्विस्कीको अद्वितीय समिश्रण हो। यो ह्विस्कीलाई अमेरिकी ह्वाइट ओकबाट बनेको एक्स–बर्बन कास्कमा १२ वर्षसम्म राखिएको थियो। यती गरिसकेपछि यो ब्लेन्डेड ह्विस्कीलाई थप एक वर्ष ओलोरोसो सेरी कास्कमा राखेर परिपक्व बनाएको कम्पनीले जानकारी दिएको छ। त्यसपछि ६ महिनासम्म नेपालमा पेड्रो जेमेनेज कास्कमा राखेर तयार पारिएको कम्पनीको भनाइ छ। यो नयाँ ह्विस्कीमा भेनिला, कारामेल र ड्राई फ्रुट्सको हल्का धुँवादार निशान र सुगन्धका साथ नरम, बहुमूल्य एवम् सन्तुलित तयारी रहेको छ। ह्विस्कीलाई ब्ल्याक एन्ड गोल्ड एसेन्टमा डिजाइन गरिएको नयाँ सेरामिक बोटलमा प्याक गरेर परम्परागत नेपाली मूल भाव दर्शाउने बक्समा प्रस्तुत गरिएको छ। ओल्ड दरबार १२ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्कीबाट हासिल गरेको उपलब्धीमा गर्व गर्छौं। यो ह्विस्की हाम्रा ग्राहकसँग सशक्त रूपमा गुन्जिनेछ। यसमा विशिष्ट स्वाद, सुगन्ध र विशेषता छ।ु यती डिस्टिलरीका प्रबन्ध निर्देशक अभिषेक श्रेष्ठले भने। यसको उत्साहजनक प्रतिक्रिया पाएको नयाँ प्रडक्टको सफलताप्रति विश्वस्त रहेको समेत श्रेष्ठले बताए। 
ुनयाँ ब्रान्डको रूपमा हामी सधै हाम्रा ग्राहकले नयाँ प्रडक्टबारे सिक्न र अनुभव गर्न पाउन् भन्ने चाहन्छौं। यो प्रस्तुती त्यही प्रतिबद्धताको परिणाम हो,ु श्रेष्ठले भने। ओल्ड दरबार १२ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की पुस ६ गतेदेखि नेपालका पसलहरूमा उपलब्ध रहेको समेत कम्पनीले बताएको छ। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *