अहिले रातपरेको जस्तो भएपनि दिन अवश्य आउँछ : महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरेका छन् । कांग्रेस बाहेकको गठबन्धनको निमर्ण पछि कार्यकर्ताले अब कसरी अघि बढने भनेर गरेको प्रश्नमा शर्माले यस्तो बताएका हुन् ।

कांग्रेस केन्द्रदेखि सातै प्रदेशका प्रतिपक्ष बस्नु परेको बारे सबैलाई थाहा नै भएको भन्दै आलोचना र आत्मालोचना गरिने बताए । के भएको हो भन्ने कुरा सबैलाई थाहा भएकाले अब आलोचना र आत्मालोचनाको चरण हुने उनले सामाजिक संजालमा लेखेका छन । अहिले रातपरेको जस्तो भएपनि दिन अवश्य आउँछ भएका कम्जोरीहरुलाई सुधार गरेर लैजान्पर्छ उनले लेखेका छन् ।

अब अगाडि बढनका लागि अनुहारमा लागेको कालो बादललाई हटाएर उज्यालो ल्याउन दृढ विश्वासका साथ उत्साह बोकेर अघि बढ्नुपर्ने आसय उनले नेता तथा कार्यकर्ताहरुलाई सामाजिक संजालमा लेखेका छन । आगामी दिनमा नेपाली कांग्रेसलाई सुदृढ र मजबुद्ध बनाउनमा सबैको साथ सहयोग चाहिने कुरा उनले व्यत्तः गरे । अब क्रोधलाई सक्तीमा रुपान्तरण गरेर काँधमा काँध मिलाएर हातेमालो गर्नुृपर्ने उनको भनाइ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *