अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर,आई.भि.एफ गर्न चाहने दम्पतीहरुका लागि एक लाख छुट


काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले राष्ट्रिय स्तरको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संञ्चालन गर्ने भएको छ । अस्पतालले यहि पुस १८ गतेदेखि २२ गतेसम्म बिहान ८ बजेदेखि ५ बजेसम्म अल्का अस्पताल जावलाखेल, ललितपुरमा संञ्चालन गर्ने भएको हो । उक्त शिविरमा मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ सेवा, आ.भि. एफ एण्ड इन्फर्टिलिटी विशेषज्ञ सेवा निःसन्तान दम्पतीका लागि, न्युरो साइक्यिाट्रिक विशेषज्ञ सेवा दिइने अस्पतालले जनाएको छ ।
त्यस्तै, निःशुुल्क प्रयोगशाला परीक्षणहरु , शिविर समाप्त भएको मितिले १ महिनासम्मको लागि निशुल्क फलोअप,शिविरमा सहभागी आई.भि.एफ गर्न चाहने दम्पतीहरुका लागि एक लाख छुट सुविधा पनि उपलब्ध रहेको छ । सहभागी हुन चाहने व्यक्तिले पुस ११ गतेदेखि बिहान ७ बजेदेखि ५ बजेसम्म नाम दर्ता गराउन सकिने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *