एसियन र पानस फार्मेस्टिकल्सको इस्मेप्राजोल र लोराजेपाम औषधि गुणस्तरहिन


काठमाडौं । औषधि व्यवस्था विभागले एसियन र पानस फार्मेस्टिकल्सले उत्पादन गर्ने केही औषधी गुणस्तरहिन भएकाले बजारबाट फिर्ता गर्न निर्देशन गरेको छ । विभागले शनिबार एक सूचना प्रकाशित गर्दै एसियन फार्मेस्टिकल्सले उत्पादन गर्ने इस्मेप्राजोल आइपी–४० एमजी ब्याच नम्बर इओटी ८०३० र लोराजेपाम ट्याबलेट युएसपी–१ एमजी ब्याच नम्बर एलएआरटी ८०५४ औषधि गुणस्तरहिन भएको बताएको छ । त्यस्तै विभागले सूचनामार्फत पानस फार्मेस्टिकल्सले उत्पादन गर्ने इस्मेप्राजोल आइपी–४० एमजी ब्याच नम्बर टिइओ ०३७ औषधि गुणस्तरहिन रहेको बताएको छ । विभागले दुबै कम्पनीले उत्पादन गर्ने गुणस्तरहिन औषधिमा मापदण्डअनुसारको गुणस्तर नभएको जनाएको छ । उक्त औषधिहरुको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन विभागले सूचनामार्फत अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *