सर्वदलीय बैठकमा कांग्रेसको प्रमुख प्रतिपक्षी दलको मान्यताका लागि दाबी


काठमाडौ । नेपाली कांग्रेसले सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलको मान्यताका लागि दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने दलहरुको बैठकमा गएर कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेतामा आफ्ना सभापति शेरबहादुर देउवा नै हुनुपर्ने दाबी गरेको हो ।
‘हामीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रहेको र कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलको नेता रहेको कुरा राख्यौं’ बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रपति, सभामुख, उपराष्ट्रपति र उपसभामुखको विषयमा समेत छलफल भएको नेता लेखकले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले यी संवैधानिक पदहरुमा सहमति गर्न सकिने विषय बैठकमा राखेका थिए । ‘हामीले प्रमुख प्रतिपक्षी दलको रुपमा कायम रहने गरी यस विषयमा छलफल गरेर जान सकिन्छ भन्यौं’ प्रधानमन्त्रीलाई दिएको जवाफ सुनाउँदै कांग्रेस नेता लेखकले भने । कांग्रेसले सरकारलाई समर्थन गरेको भन्दै नेपाल मजदुर किसान पार्टीले प्रमुख विपक्षी दलको मान्यता आफूले पाउनुपर्ने दाबी गरेको छ । नेमकिपाका सांसद प्रेम सुवालले आफूले प्रमुख विपक्षी दलको नेताको मान्यता नपाए सर्वोच्च अदालत जाने चेतावनी समेत दिइसकेका छन् । यस्तो स्थितिमा बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले आफू नै प्रमुख प्रतिपक्षी दलको नेता भएको दाबी प्रस्तुत गरेका हुन् । नेताहरुको अनुसार देउवाले भनेका छन्, ‘हामी यहाँ प्रमुख प्रतिपक्षी दलको हैसियतमा उपस्थित भएका हौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *