भारतले आज ७४औं गणतन्त्र दिवस मनाउँदै


कठमाण्डौं । भारतले आज ७४ औं गणतन्त्र दिवस मनाउँदैछ । दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य अतिथिका रुपमा सहभागी हुने छन् । भारतले हरेक वर्ष जनवरी २६ तारिखलाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ । सन् १९५० मा आजकै दिन भारत गणतन्त्रात्मक देश घोषणा भएको थियो । बेलायतको साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा देशभर तथा आफ्ना दूतावास भएका देशमा यो दिवस मनाउने गरेको छ । भारत सन् १९४७ को अगस्ट १५ तारिखमा स्वतन्त्र भएको थियो । सन् १९५० को जनवरी २६ मा संविधान लागू भएपछि भारतलाई गणतन्त्रात्मक देश घोषणा गरिएको थियो । संविधान लागू भएको दिनको सम्झनामा हरेक वर्षको जनवरी २६ तारिखमा भारतले गणतन्त्र दिवस मनाउँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *