गृहमन्त्री लामिछानेविरुद्धको बहस समाप्त, आजै सर्वोच्चले निर्णय दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ । गृहमन्त्री लामिछानेको नागरिकता विवादमाथिको रिटमा सुनुवाइ सकिएको हो । संवैधानिक इजलासमा रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका छन् ।

सर्वोच्च अदालतमा आज रविलामिछाने माथिको रिटको सुनवाँइमा निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले बहस गरेका छन् । यससँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेका छन् ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा यसअघि बुधबार बहस गरेका थिए । वादी र प्रतिवादी दुवै पक्षका वकिलहरुको बहस गरेपछि आज नै मुद्दामा सर्वोच्चले फैसला दिन सक्ने भएको छ ।

सुनुवाइका क्रममा न्यायाधीश ईश्वर खतिवडाले नेपाली नागरिकता खारेज भइसकेको अवस्थामा रविले निकालेको रबिको नागरिकताका बारेमा प्रश्न उठाएका छन् । रविको तर्फबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीले जवाफी बहस गरिरहेका बेला उनलाई रोक्दै न्यायाधीश खतिवडाले प्रश्न उठाएका हुन्।

नेपाली नागरिकता खारेज भइसकेको अवस्थामा कसरी नेपालकै राहदानी जारी भयो ? भन्ने प्रश्न उनले गरेका छन् । नागरिकता नै खारेजी परेका सनर्दभमा पासपोटृ जारी गनृ कसरी संभव भयो ? खारेजमिा परेको नागरिकताले पासपोर्ट जारी गर्न नेपालको कानुनले नदिने बताका छन् ।
तर रविको पक्षमा सहभागि वकिलहरुले नेपाली नागरिकता नै नत्यागेको अवस्थामा पुनः प्राप्तीमा कुनै प्रश्न नउठेको तर्क गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *