राष्ट्रपतिको निर्वाचन सारेमा मुलुकमा अनिस्ट हुन्छ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन सार्न नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उदघाटन गर्ने क्रम्मा नेता कोइरालाले आगामी फाल्गुण २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्न माग समेत गरेका छन् ।

राग्टपतिकोनिर्वाचन फाल्गुण २८ पछि सारे देशमा अनिष्ट हुने बताउँदै ‘राष्ट्रपति निर्वाचन पछि धकेल्नुपर्ने कुनै कारण छैन नेता कोइरालाले भने ।

सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा मुलुकमा बेथिति हुने भएकाले राष्टपतिमा कांग्रेसले उमेदवारी दिन्छ । सबै दल मिलेर कांग्रेसका उमेदवारलाई जिताउनुको विकल्प छैन । राष्टपति र प्रधानमन्त्री एउटै पाटीको हुँदा विगत ५ वर्षमा मुलुकले के कस्ता सास्ती झेल्नुप¥यो त्यो सबैलाई थाहा भएको नेता कोइरालले उक्त कार्यक्रममा बताए ।

संम्बोधनका क्रम्मा नेता कोइरालाले नेपाली कांग्रेस ठूलो पार्टी भए पनि समयमा निर्णय गर्न नसक्दा सरकार बनाउने अवसरबाट बञ्चित भएपनि चाँडै नै कांग्रेसको सरकार बन्ने समेत बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *