जुम्ला र मुगुका बासिन्दा भुकम्पको त्रालले रातभर सडकमा

काठमाडौं । भूकम्प जान्छ भन्ने हल्ला भएपछि जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा जागराम गरेका छन् ।

जुम्ला सदरमुकाममा केही मानिसहरु घर बाहिर निस्केर आगो आगोको साथमा उनीहरुले रात बिताएका छन् । मानिसहरुले दुःख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक सूचना फैलाउने व्यक्तिको खोजी कार्य जारी रहेको बताए ।

जुम्लाको माइनस डिग्री कठ्याग्रिंदो चिसोमा मानिसिहरु भूकम्प आउँदैछ भन्ने हल्लाले बाहिर बस्न बाध्य भए । भूकम्प आउने कुरा भ्रामक हो भनेर कतिपयले सामाजिक संजालमा सकारात्मक सन्देश पनि दिइरहेका छन् ।
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *