सन्दीप लामिछाने आजदेखि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा
काठमाडौं । नाबालिग जबरजस्ती करणीका आरोपित सन्दीप लामिछाने आज (विहीबार) देखि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।
उनी पाटन उच्च अदालतबाट २० लाख धरोटीमा रिहा भएपछि गत मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेको निलम्बन फुकुवा गरेको थियो । यद्यपि उच्च अदालतको आदेश प्रचलित कानुनविपरित भएको भन्दै सन्दीपलाई थुनामै राख्न महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
आरोपित लामिछाने भने फागुन २ मा नेपालको मैदानमा हुने विश्व क्रिकेट लिग टु अन्तर्गत नामिबिया र स्कटल्याण्डविरुद्धको सिरिजका लागि खेल्न तयार हुँदै छन् ।
















