रास्वपाका निवर्तमान तीन मन्त्रीको पत्रकार सम्मेलन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान तीन मन्त्रीले आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ ।

निवर्तमान श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए । तर, कुनै कारण नै नबताई पत्रकार सम्मेलन स्थगित गरिएको हो ।

रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि आइतबार साँझ उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *