सांग्रिला डेभलपमेन्टले ९ प्रतिशत लाभांश दिने


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट सेयरधनिलाई बोनस र नगद लाभांश दिने भएको हो । बैंकको संचालक समितिको बैठकले नगद तथा बोनस लाभांश दिने घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५३४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४४९ प्रतिशत नगद लाभांश गरि कुल ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको हाल चुक्ता पुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *