पवन खतिवडा ‘म्याकुरी’ प्रहरी नियन्त्रणमा


कलाकार पवन खतिवडालाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ । ‘म्याकुरी’का नाममा चिनिँदै आएका कलाकार खतिवडाले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । मोरङ प्रहरीका अनुसार उनलाई अहिले पनि नियन्त्रणमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कुटपिट घटनापछि दुवैलाई गएराति पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ । पक्राउ परेका कलाकार खतिवडाले मादक पदार्थ सेवन गरी झगडा गरेको आरोप लगाइएको छ । बेलबारीकै एक होटलमा मादक पदार्थ पिएका खतिवडा मातेर झगडा गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले बताएका छन् । होटल बाहिर झगडा गरिरहेको स्थानीयले प्रहरीलाई खबर गरेपछि बेलबारीको टोलीले खतिवडा र भण्डारीलाई पक्राउ गरेको थियो । डीएसपी कार्कीले कुटपिट गर्ने समूह र पीडित पक्ष प्रहरी कार्यालयमा बोलाएर छलफल गराइने जानकारी दिएका छन् । उनले भने, पीडित पक्षबाट जाहेरी परेको छैन छलफल गरेर मिलापपत्र भए छाडिदिन्छौं ।खतिवडाको टेलिसिरियल चर्चित छ । उनी ‘म्याकुरी’को नामबाट दर्शकमाझ लोकप्रिय छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *