नेपालटारमा लुम्बिनी विकास बैंकको शाखा
काठमाण्डौं । लुम्बिनी विकास बैंकले ८९औँ शाखा काठमाडौँको तारकेश्वर नगरपालिका, वडा नं. ११ स्थित नेपालटारमा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र तारकेश्वर नगरपालिका वडा नं.११ का वडा अध्यक्ष कविराज बस्नेतले उक्त शाखाको उद्घाटन गरेका छन् । शाखा उद्घाटन कार्यक्रममा बैंकका सञ्चालकहरु प्रविणकृष्ण श्रेष्ठ, अर्जुन थापा र अञ्जु कुमारी गुप्ता पनि उपस्थित थिए । बैंकले हाल देशका ७ वटै प्रदेशमा ८९ शाखा स्थापना गरी सेवा दिँदै आएको छ । बैंकले एउटा एक्सटेन्सन काउण्टरबाट पनि सेवा दिइरहेको छ ।