कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त


काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो । गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्ने बताएका छन् । उनको कार्यकाल ४ वर्षको हुनेछ । बैंकको सीईओका लागि २२ जनाले आवेदन दिएका थिए । २२ जनाबाट ५ जनाको नाम छनोटमा परेको थियो । ५ जनाबाट उनी सीईओ बनेका हुन् । गुरुङले यसअघि सिभिल बैंकमा सीईओको रुपमा काम गरेका थिए । उनीसँग म्यानमारको म्यानमार सिटिजन्स बैंकमा सीईओ भएर काम गरेको अनुभव रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *