शक्ती सन्तुलमा, राष्ट्रपति कांग्रेसको हातमा

काठमाडौँ । चार दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा सम्भावित सत्ता समीकरण र शक्ति सन्तुलनका वारेमा छलफल भएको छ । सो बैठकमा नेताहरुबीच चुनावअघिको पाँचदलीय गठबन्धन पुर्नस्थापना गर्ने र राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विषय केन्द्रित छलफल भएको थियो ।

बालुवाटारमा बसेको सो बैठकमा नेपाली कांग्रेसका नेताहरुले शक्ति सन्तुलनका बारेमा केहि सामान्य खाका समेत पेश गरेका थिए । सो खाका अनुसार राष्ट्रपति कांग्रेसको हातमा, प्रधानमन्त्रीमा माओवादी र समाजवादीलाई मिलाएर सन्तुलन मिलाउने विषयमा समेत छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पद चार वर्ष माओवादीलाई र एक वर्ष एकीकृत समाजवादीलाई दिन सकिने भन्ने छलफल भएको स्रोतले जनाएको छ । यसैगरी उपराष्ट्रपति जसपाले लिने लगभग सहमति भएको छ । विहिवार बसेको बैठकमा यस बारे माओवादी केन्द्र सहमत भएको स्रोतले जनाएको छ ।

तर यस विषयलाई पुर्णता दिनका लागि साँझ ५ बजे शीर्ष नेताहरुबीच बैठक हुने बताइएको छ । चार दलबीच भएको छलफलका विषयमा आ–आफ्ना दलभित्र छलफल गरेर मात्रै बेलुका सहमतिलाई सांझ ५ बजेको बैठकले निर्णय निकाल्ने भएको छ । बिहीबार एकीकृत समाजवादी र जसपाका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रपतिका बारेमा छलफल गरेका थिए । यस विषयमा साँझ पाँच बजेको बैकले ठोस निर्णय निकाल्ने प्रधानमन्त्री प्रचण्डको भनाइ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *