प्रचण्डसँगको २ घण्टा भेटपछि बालुवाटारबाट बाहिरिए ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्री प्रचण्डसँग करिब २ घण्टासम्मको भेटबाताृ पछि अध्यक्ष ओली बालुवाटारबाट बाहिरिएका हुन् । राष्ट्रपतिको उम्मेदवारका विषयलाई लिएर छलफलका लागि प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका थिए ।

छलफलमा राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले उहाँहरूबीच भएको छलफलका बारेमा भने आफूलाई जानकारी नभएको बताए ।

शनिबार राष्ट्रपति चयनका लागि मनोनयन गर्ने समय सीमा भए पनि दलहरूबीच सहमति हुन सकेको छैन । प्रधानमन्त्री दाहालले सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने धारणा राख्दै आएका छन् । आज बिहान मात्रै नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतका दलसँग प्रधानमन्त्रीले छलफल गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *