एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं । एनएमबि बैंक लिमिटेड सुनवल शाखा नवलपरासीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सुनवल नगरपालिकामा अवस्थित महाकवि देवकोटा मोडल माविका शिक्षक ,शिक्षिका एवं कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम प्रदान गरेको बैंकले जनाएको छ ।
कार्यक्रममा सहभागीहरुलाई बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बैंकको महत्त्व, डिजिटल बैकिङ, बैंकिङ ठगी र त्यसबाट सुरक्षित रहने उपायहरुका बारेमा जानकारी गराएका थिए । उनले सेयर कारोबार सम्बन्धी ज्ञान, एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ सेवा सुविधाका बारेमा जानकारी गराएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *