गठबन्धनको संयुक्त अभिमुखीकरण भेला स्थगित
काठमाडौं । आठ दलीय गठबन्धनको प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण भेला स्थगित भएको छ ।
सत्ता गठबन्धनको फागुन २४ गतेका लागि तय भएको उक्त भेला राष्ट्रपति निर्वाचनका लागि लागाइएको आचारसंहितका कारण स्थगित गरेको हो । निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण सांसदहरुको भेला रोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आयोगले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि १७ फागुन देखि ५ चैतसम्मका लागि आचार संहिता लागु गरेको छ । आठ दलीय कार्यदलले गरेको निर्णय अनुसार संघीय प्रदेशका सांसदको छुट्टाछुट्टै अभिमुखिकरण गरिसकेको छ । बिहीबार संघीय सांसद र शुक्रबार प्रदेश सांसदलाई शीर्ष तहका नेताहरुले अभिमुखीकरण गरेका छन् ।
नेकपा एमालेसँगको गठबन्धन भत्किएर पुरानै मंसिर ४ को नेपाली कांग्रेससहितको गठबन्धन भएपछि राष्ट्रपतिमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिनका लागि सांसदहरुलाई अभिमुखीकरण भेला गर्ने तय भएको थियो ।