नेपाल फार्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा पन्त निर्वाचित
काठमाडौं । नेपाल फर्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा ललितमोहन पन्त निर्वाचित भएका छन् । एसोसिएशनको २३औं कार्यसमिति चयनको लागि निर्वाचनमा पन्त निर्वाचित भएका हुन् । त्यस्तै कार्यसमितिको उपाध्यक्षमा अमृत गैरे, देवानन्द शाह र रोनक श्रेष्ठ निर्वाचित भएका छन् । संजिब शर्मा महासचिव, केदारप्रसाद शाह र विवेक श्रेष्ठ सचिव, गोपीनी राई कोषाध्यक्ष, निर्मलराज मरासैनी सहकोषाध्यक्ष र प्रचार सचिवमा अनिष श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा श्रृष्टी प्रजापति, मनोज भट्टराई र शौभाग्य डंगोल निर्वाचित भएका छन् ।