हिमालयन बैंक र स्मार्टच्वाईस टेक्नोलोजिजबीच सम्झौंता
काठमाडौँ । हिमालयन बैंक र स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ । यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई– एमबि प्रयोगकर्ताहरूले भाट–भटेनी सुपर मार्केट, बिगमार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगायत स्मार्ट क्यूआरमा आवद्ध भएका मर्चेन्टहरुमार्फत बस्तु तथा सेवाको भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिने छ । साथै हिमालयनका मर्चेन्टहरुले पनि स्मार्ट क्यूआरमा आवद्ध भएका बैंक तथा बित्तिय संस्थाका ग्राहकहरु मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्पत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।