माओवादी धारको संयुक्त अन्तरक्रिया कार्यक्रम चैत्र ८ गतेका लागि तय

काठमाडौं । माओवादी धारको संयुक्त अन्तरक्रिया कार्यक्रम चैत्र ८ मा काठमाडौंको प्रज्ञा भवनमा हुने भएको छ । फागुन ३० गनेका लागि तोकिएको कार्यक्रम ८ दिन पछि सरेको हो । नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाका अनुसार गत आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले चैत ८ गतेका लागि सो बैठकको मिति तोकेको हो ।

कार्यक्रम संचालनमा हलको समस्याका कारण सो कार्यक्रम सारिएको उनले बताए । सो कार्यक्रममा जनयुद्धकालीन मुद्दाका विषयमा सरोकारवाला निकायलाई बोलाएर छलफल गरिने बुढाको भनाइ छ । पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम गर्ने तयारी गरिएको छ ।

अहिले माओवादी धार ६ पुगेका छन् । नौ माओवादी धार भएपनि असमझदारी राखेर तीन पार्टी अलग भएपछि अहिले माओवादी धारको संख्या ६ पुगेको छ । जसमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी रहेका छन् । ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *