सातै प्रदेशमा पत्रकारहरुको लागि निःशुल्क आँखा शिविर


काठमाडौं । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा पत्रकारहरुको लागि सातै प्रदेशमा निशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ । सोमबार नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा नेत्रज्योती संघ, पत्रकार महासंघ केन्द्रीय समितिको सहकार्यमा र उपत्यका प्रदेश समितिको समन्वयमा पत्रकारहरुको लागि निशुल्क आँखा शिविर सञ्चालन भएको हो । शिविर पश्चात पत्रकारहरुसँग बोल्दै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष सृजन झाले पछिल्लो समय पत्रकारहरूको आँखामा दृष्टि दोष देखिएकोले कलम जति बलियो छ पत्रकारको आँखा पनि बलियो हुनुपर्छ भन्ने मान्यतासहित आँखा शिविर सञ्चालन गरेको बताएका छन् । उनले भने, ‘यस पटक सातै प्रदेशमा आँखा शिविर सञ्चालन भइरहेका छन् । कुनै ठाउँमा भोली छ, कुनै ठाउँमा पर्सि छ । नेपाल सरकारले दुर्घटना विमा ल्याउँदै गर्दा स्वास्थ्य विमा हुनुपर्छ भनेर जोड दिइरहेका छौ ।आँखा गुम्यो भने संसार गुम्ने भन्दै पत्रकारका कलम सशक्त भए झैँ आँखा पनि सक्षम हुनुपर्ने उनको भनाई छ । त्यस्तै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव टेनिस रोकाले पत्रकारहरुले कम्युटरमा धेरै काम गर्नुपर्ने भएकोले आँखा चेकजाँचमा सहयोग पुर्याउने उद्देश्यले निस्शुल्क शिविर सञ्चालन गरेको बताएका छन् । उनले भने,‘ यो भन्दा अघिल्लो पटक विश्व स्वतन्त्रता दिवसको अवसरमा दाँत र किड्नीको उपचार गरिएको थियो । पत्रकारहरुलाई सहयोग होस भनेर हामीले यस्ता कार्यक्रम ल्याउने गरेका छौ । यस्ता कार्यक्रमले पत्रकारहरु बिच आत्मियता बढाउन सहयोग पुराउँछ । पेसा प्रतिको मर्यादामा सहयोग पुराउँछ । पत्रकार महासंघले श्रम जीविका र प्रेस स्वतन्त्रताका पक्षमा आवाज उठाइरहँदा पत्रकारहरूका लागि सहयोग होस भनेर शिविर सञ्चालन गरेको बताए । उनले शिविरमा १२० जना भन्दा बढि पत्रकारहरुले यसबाट लाभान्वित भएको र २ सय जना पत्रकार अपेक्षा गरिएको बताएका छन् । शिविरमा चस्मा र आई ड्रप वितरण पनि गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *