विराटनगरमा प्रदेश सांसद बसेको होटल तोडफोड


काठमाण्डौं । कोशी प्रदेशको नामकरणको विरोधमा लगातार पदर्शन गर्दै आइरहेको प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले विराटनगरमा पुनः आन्दोलन चर्कोएको छ। यस क्रममा मंगलबार दिउँसो प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो। झडपका क्रममा आन्दोलनकारीहरूले प्रदेश सांसद बसेको होटलमा ढुंगामुढा गरेका छन्। यस क्रममा होटलमा क्षति पुगेको छ। झडपपछि प्रहरीले केही सेल अश्रुग्यासमेत प्रहार गरेको छ । साथै पानीको फोहोरा हानेर आन्दोलन दबाउन प्रहरीले प्रयास गरेको छ। प्रदर्शनकारीले सांसदहरूविरुद्ध नाराबाजीसहित जुत्ता प्रहार गर्न थालेपछि झडपको स्थिति बनेको हो। विराटनगरको बिग होटेलमा ​सांसदहरूको दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशाला भइरहेको छ। उक्त होटलअगाडि प्रदर्शनकारीहरूले नाराबाजीसहित निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *