सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगियो
काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएको छ । जसअनुसार नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादीलाई पाँच, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपालाई दुई–दुई मन्त्रालय दिने सहमति भएको छ । यसैगरी लोकतान्त्रिक समाजवादी लोसपा, नागरिक उन्मुक्ति, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहको आम जनता पार्टीले एक–एक मन्त्रालय लिने सहमति भएको एक नेताले जानकारी दिए । एक मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले थप एक राज्यमन्त्री पाउने भएको छ ।नयाँ मन्त्रीहरूको शपथ भोलि नै गराउने तयारी गरिएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।