उपराष्ट्रपति यादवले भेटेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थावारे लिए जानकारी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सोमबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति यादवले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

पेटको समस्याले पौडेल गत शनिवार अस्पताल भर्ना भएका थिए । यस अघि राष्ट्रपतिको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा पनि शिक्षण अस्पताल पुगेका थिए ।

चिकित्सकका अनुसार अहिले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । उनको सिटी स्क्यानलगायत परीक्षणसमेत गरिएको छ। डा. महेश सिग्देल नेतृत्वमा ७ सदस्यीय चिकित्सक टोली राष्ट्रपतिको उपचारमा संलग्न रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *