प्रदेशका मिटरब्याज पीडित ११ दिन पैदल यात्रा गरेर काठमाडौँमा

काठमाडौं । केही दिन अगाडी मधेश प्रदेशका मिटरब्याज पीडित ११ दिन पैदल यात्रा गरेर काठमाडौँ आएर आन्दोलन गर्दै सरकारसंग आफ्ना गुनासाहरु सुनाएपछि सरकारले समाधानका लागि आयोग गठन गर्दे एक समितिसंग ५ बुँदै सहमति गरेलगतै उनीहरुको माग सम्बोधन नभएको भन्दै अर्को टोली काठमाडौँ आएका छन् ।

आफ्ना माग चाँडोभन्दा – चाँडोभन्दा समाधान हुनुपर्ने माग राख्दै देशभरका मिटरब्याज पीडितको अर्को टोली आज काठमाडौं आएको हो ।

अहिले काठमाडौँमा आएका मिटरव्याजीहरुले पिडितविरुद्ध अदालतमा दर्ता भएको मुद्दा खारेजीको माग राखेका छन् ।

मिटरव्याजीको आन्द्धोलनका क्रममा काठमाडौँ आएको टोलीमा झापादेखि कैलालीसम्मका मिटरब्याज पीडितको प्रतिनिधिमूलक उपस्थिति रहेको छ । अहिले उनीहरु । ललितपुर सानेपाको शहीद पार्कमा भेला भएर माइतिघर पैदल हिँडेर आउने क्रममा रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *