सामसङ नेपालद्वारा कन्जुमर इलेक्ट्रोनिक्समा नयाँवर्ष २०८० को अफर योजना


काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आउन लागेको नयाँवर्ष २०८० को अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरू टिभीदेखि होम अपलायन्सहरूमा नयाँवर्ष अफर घोषणा गरेको छ । यो अफर २०८० साल जेठ २ गतेसम्म लागु हुने छ । यो अफर सामसङको लेटेस्ट रेंजका टिभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनका लागि लागु हुनेछ । नयाँवर्षको यो अफरमा सामसङले आफ्ना कन्जुमर ड्युरेवल्स वस्तुहरूमा ४१ प्रतिशतसम्म क्यासब्याक दिएको छ । सामसङ टिभी विगत १७ वर्षदेखि विश्वव्यापी रूपमा नम्बर १ रहेको छ । कलर भोल्युम १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजी सहितको सामसङ फ्ल्यागशिप क्युएलइदि टिभीहरूमा आकर्षक क्यासब्याक प्रदान गरिएको छ । साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुटमा कन्जुमरले आफ्नो घर भित्राउन सक्छन् । सामसङ फ्रेम टिभीहरु, एक टेष्टफुल्ली डिजाइन गरिएको टिभी हो जसले कन्जुमरहरूलाई बेजेल विकल्पहरूको रेन्जका साथआफ्नै शैलीको रंगीन टेलिभिजन डिजाइन गर्न सक्ने अनुभुति परदान गर्छ । यसलाई छुट गरिएको मुल्यमा खरिद गर्न सकिन्छ ।

त्यसैगरी, सामसङको स्मार्ट टिभीले तपाईलाई भ्वाइस असिस्टेन्स, पीसी र म्युजिक सिस्टम जस्ता धेरै सुविधाहरू अनवाइन्ड गर्ने, सिक्ने र अन्वेषण गर्ने अवसर दिन्छ । एक वर्षको पूर्ण उत्पादन वारेन्टी टिभीमा प्रदान गरिएको छ र कम्पनीले प्यानलहरूमा थप एक वर्षको वारेन्टी प्रदान गर्दछ । यो नयाँवर्षसँगै कन्जुमरले आफ्नो भान्छा घरमा पनि नयाँ परिवर्तन ल्याउन सक्छन् । साथै, सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजरेटरहरू अपग्रेड गर्न सक्नुहुन्छ जुन ७ सय लिटर क्षमता सम्मको छ । यस्तै, ३ सय १४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरहरू सबैका लागि उपलब्ध छन । यसमा २५ प्रतिशतसम्म क्यास ब्याक ग्यारेन्टी गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *