नागरिकता विधेयक अविलम्ब पारित वर्तमान सरकारको जिम्मेवारी हो : कांग्रेस नेता खाण

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयक अविलम्ब पारितका लागि सरकारसँग आग्रह गरेका छन् । देशमा अनागरिक हुँदाको पिडा हजारौँ मानिसहरुले भोगिरहेकाले उक्त विद्येक प्रमाणीकरण गर्न सरकारसमक्ष माग गरेका हुन् ।

आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलमा खाणले सो कुरा बताएका हुन् । संविधानले प्रत्येक नेपालीलाई नागरिकता प्राप्त गर्न पाउने अधिकार प्रदान गरेकाले नागरिकतामा देखिएको समाधानमा सरकारले चाँडो पहल गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

दुईपटक दुवै सदनबाट पारित गराएर नागरिकता विधेयक अहिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको छ । ‘संवैधानिक व्यवस्थाअनुसार एकपटक विधेयकलाई राष्ट्रपतिले फर्काउन सक्ने व्यवस्था छ तर दोस्रो पटक प्रमाणीकरणबाहेक अर्को कुनै विकल्प हुँदैन।’

राष्ट्रपति कार्यालयमा प्रमाणीकरण नभई अड्किएर रहेको नागरिकता विधेयक प्रमाणीकरणमा वर्तमान सरकारले पहल गर्नुपर्ने उनको भनाइ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *