समिट होटल परियोजनामा सीजी डेभलपर्सको कुनै संलग्नता नरहेको दावी

काठमाडौं । समिट होटल प्रा. लि.ले विकास गरिरहेको परियोजनासँग सीजी डेभलपर्सको कुनै संलग्नतालाई नरहेको भन्दै आपति जनाएको छ । समिट होटल परियोजनासंग सीजी डेभलपर्सको संलग्नता रहेको समाचार सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको भन्दै सीजी डेभलपर्सले आपति जनाएको हो ।

समिट होटल प्रा. ली. मा सो होटल संचालनमा आएदेखि अहिले समिट रेसिडेन्सीको परियोजनासम्ममा सीजी डेभलपर्स जम्मा ३० प्रतिशतको साझेदार रहेको र बांकी ७० प्रतिशत हिस्साको साझेदारहरूमा रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, संचित श्रेष्ठ र उनीहरुको परिवार संलग्न रहेको सीजी डेभलपर्सले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

समिट होटल प्रा. ली. ले अगाडि बढाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन एवं संचालनको जिम्मेवारी संचित श्रेष्ठले लिएका छन् । त्यसैले यस परियोजनाको निर्माणक्रममा सीजी डेपलपर्स व्यवस्थापन र संचालनमा संलग्न नरहेको मंगलबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सीजी डेभलपर्सले विकास गरेका परियोजनाहरू प्रतिष्ठित रहेकाले उक्त परियोजनाले नेपालको रियल स्टेट सेक्टरमा छुट्टै पहिचान स्थापित गरेको उल्लेख गरिएको छ । सीजी डेभलपर्सले काठमाडौं रेसिडेन्सी, सीजी हिल्स, माउण्ट भ्यू रेसिडेन्सी (फेज १, २ र ३) विकास गरेको छ । यस्तै , अहिले ललितपुरको भैंसेपाटीमा सीजी हिल्स प्रिमियम विकास गरिरहेको जनाएको छ । यी परियोजनाहरूको व्यवसायिक व्यवस्थापन र संचालन सीजी डेभलपर्सले गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *