वैशाख ९ गते एकीकृत समाजवादीले कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउदैँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने भएको छ । एकिकृत समाजवादी पाटीले यही वैशाख ९ गते देशभर विभिन्न कार्यक्रम गरेर कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने भएको हो ।

शुक्रबार बसेको एकीकृत समाजवादीको बैठकले अप्रिल २२ को दिन कम्युनिष्ट पार्टी स्थापना भएकोले त्यो दिन पारेर वैशाख ९ गते स्थापना दिवस मनाउने निर्णय गरेकोएकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार काठमाडौँंको हकमा एउटा केन्द्रिय कार्यक्रम हुने र काठमाडौँ बाहिरको हकमा अनुकुलको कार्यक्रम हुने भएको छ ।
काठमाडौंमा एउटा केन्द्रीय कार्यक्रम हुने जिल्लाहरुमा आफू अनुकुल कार्यक्रम हुने छन् । एकीकृत समाजवादी छाडेका मुकुन्द न्यौपानेको नाम अभिलेखबाट हटाउने निर्णय आज बसेको बैठकले गरेको उनको भनाइ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *