सहकारी बैंकका अध्यक्ष उप्रेती प्रबल जनसेवाश्रीबाट विभूषित
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेती “प्रबल जनसेवाश्री” चतुर्थ पदकबाट विभूषित भएका छन् । गत असोज ३ गते संविधान दिवसको अवसरमा घोषित उक्त विभूषणबाट उप्रेती सम्मानित भएका हुन । राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उप्रेती विभूषित हुनुभएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई प्रदान गरिने सम्मान बैंक, वित्तीय तथा सहकारी क्षेत्रबाट अध्यक्ष उप्रेतीलार्ई लाई प्रदान गरिएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिमग भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा तत्कालिन राष्ट्रपति विद्यादेवि भण्डारीले संविधान दिवसका अवसरमा उप्रेती र कँडेल सहित ९९८ जनालाई विभिन्न विभूषण, अलङ्का र पदकप्रदान गर्ने घोषणा गरेकि थिइन।
सोहि पदकबाट गत वर्ष बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं विभुषित भएका थिए । अध्यक्ष उप्रेतीले विभूषित हुन पाउँदा असाध्यै हर्षित भएको भन्दै ‘अभूतपूर्व सम्मान पाउनु मेरो लागि ठूलो सौभाग्यको कुरा भएको बताए । उनले भने मेरो हौसला, मनोबल र आत्मविश्वासलाई बलियो बनाउनुका साथै अविश्वसनीय अवसर तथा चुनौतीपूर्ण अवस्थाहरूको सामना गर्न सदैब साथ र सहयोग प्रदान गर्नु भएकोमा मेरो परिवार, सहकर्मीहरू, साथीभाइहरू, राष्ट्रिय सहकारी बैंक परिवार एवम् सम्पूर्ण सरोकारवालाहरू प्रति म कृतज्ञ छु । संकल्प, उद्देश्य र पहिचानको खोजीमा यात्रा गर्नुपर्ने जीवन एउटा सुन्दर यात्रा हो भन्ने मलाई लाग्छ र यस्ता कदर एवम् सम्मानहरूले जीवनको यात्रामा थप उर्जा प्रदान गर्ने भन्दै यो सम्पूर्ण सहकारीकर्मीको सम्मान भएको उल्लेख गरे ।