एमालेले लेखासहित तीन संसदीय समितिमा सभापति पाउने, संवैधानिक परिषद् विधेयक संसदबाट पास गर्ने

काठमाडौं । प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच संघीय संसदका संसदीय समिति गठनका विषयमा मोटामोटी सहमति भएको छ । सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको तीन दलको शीर्ष नेताको बैठकले १२ वटा संसदीय समिति, टीआरसी विशेष समिति गठन र संवैधानिक परिषद्सम्बन्धी विधेयकका विषयमा सहमति गरेका हुन् ।

जसअनुसार टीआरसी विशेष समिति गठन गर्ने, संयुक्त समितिमा एमाले पनि रहने, सार्वजनिक लेखा समिति र अन्य दुईवटा समितिको सभापति एमालेलाई दिने, कांग्रेसले राज्यका निर्देशक सिद्धान्त अनुगमन समिति र संसदीय सुनुवाइ समिति सभापतिले लिने भएको छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका प्रमुख सचेतक सहभागी थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *